भारतलाई दोस्रो झड्का, पन्त शून्यमै आउट!

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतीय टिमले दोस्रो विकेट गुमाएको छ ।

भारतले दोस्रो विकेटका रुपमा ऋषभ पन्तलाई गुमाएको हो । उनी १२.२ ओभरमा शून्य रनमा किरण पोलार्डको बलमा क्याच आउट भए ।

अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका पन्तले आज भने २ बलमा खाता नखोल्दै मैदान बाहिरिए । यसअघि भारतले पहिलो विकेटका रुपमा ओपनर रोहित शर्मालाई ७१ रनमा गुमाउन पुग्यो ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म १३ ओभरमा २ विकेट गुमाएर १ सय ४२ रन बनाएको छ ।

तीन खेलको सिरिजमा दुवै टिम १–१ को बराबरीमा छन् ।

पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा भने वेस्ट इन्डिजले ८ विकेटको फराकिलो जित हासिल गरेको थियो ।

सिरिजको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको भारतले १ सय ७१ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य वेस्ट इन्डिजले १८।३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

कमेन्ट गर्नुहोस्