बीबीएल खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान

काठमाडौंः बिग बास लिग (बीबीएल) खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी बुधबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।

गत सिजन मेलबर्न स्टार्सबाट खेलेका उनले यो संस्करण पनि त्यही टिमबाट बीबीएल खेल्दै छन् । यो सिजनको बीबीएल १७ डिसेम्बरदेखि सुरु हुँदैछ ।

सन्दीपआवद्ध मेलबर्न स्टार्सको पहिलो खेल २२ डिसेम्बरमा छ । मेलबर्नले पहिलो खेलमा होबार्ट हरिकेन्सको सामना गर्दैछ ।

सन्दीपआवद्ध मेलबर्न गत सिजनको उपविजेता टिम हो । योपटक पनि टिमको नेतृत्व अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले गर्दै छन् । मेलबर्नसँग यो सिजनमा को–को छन् क्रिकेटर? हेर्नुस् सूची

ग्लेन म्याक्सवेल (कप्तान)
मार्कस स्टोइनिस

निक म्याडिन्सन
निक लार्किन

हिल्टन कार्टराइट
जोनाथन मेर्लो

बेन डंक
पीटर ह्यान्सकम्ब

नाथन कुल्टर नाइल
सेब गोच

एडम जम्पा
क्लिन्ट हिन्चलिफ

डानियल वर्रल
जयक्सन कोलम्यान

सन्दीप लामिछाने
डेल स्टेन

लान्स मोरिस
प्याट ब्राउन
थोमस लाचलान

कमेन्ट गर्नुहोस्