भारतले दियो वेस्ट इन्डिजलाई २४१ रनको लक्ष्य, शतक बनाउन चुके राहुल

काठमाडौंः टी–२० क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतले पाहुना टोली वेस्ट इन्डिजलाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४० रन बनायो ।

उसका लागि केएल राहुलले ९१, रोहित शर्माले ७१, कप्तान विराट कोहलीले नटआउट ७० रन बनाए । बलिङमा सेल्डन कट्रेल र केसरिक विलियम्सले एकएक विकेट लिए ।

तीन खेलको सिरिजमा दुवै टिम १–१ को बराबरीमा छन् ।

पहिलो खेलमा भारत विजयी हुँदा दोस्रो खेलमा भने वेस्ट इन्डिजले ८ विकेटको फराकिलो जित हासिल गरेको थियो ।

सिरिजको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको भारतले १ सय ७१ रनको लक्ष्य दिएको छ । उक्त लक्ष्य वेस्ट इन्डिजले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

कमेन्ट गर्नुहोस्