काठमाडौंः सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई उपत्यका परिक्रमा गराइने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालकाअनुसार शुक्रबार पदक विजेता खेलाडीहरुलाई शहर घुमाउने कार्यक्रम राखिएको छ । रुट भने बिहीबार तय हुनेछ ।
सागमा नेपालले ५१ स्वर्ण जितेको छ । यस्तै ६० रजत र ९५ कांस्य जितेको छ ।