उधौली पर्व र यःमरि पुन्हि मान्नेहरुलाई मात्र भोलि विदा

काठमाडौंः सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा घोषणा गरेको समाचारले आज धेरैमा अन्यौलता छायो ।

कतिपय पात्रोहरुमा आज विदा उल्लेख भएकोले भोलि विदा हुने समाचार सार्वजनिक भएको थियो ।

गृह मन्त्रालयले साँझसम्म समेत यसबारेमा कुनै विज्ञप्ति जारी नगरेपछि कतिपय सार्वजनिक संस्थाहरु विदा दिने कि नदिने भन्ने अलमलमा नै थिए ।

तर साँझपख गृहले विज्ञप्ती ननिकाले पनि प्रवक्ताकाे भनाई सहितका समाचार सार्वजनिक भएपछि यसबारेकाे अन्याैलता समाप्त भएकाे छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए ।

सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ ।

बिहीबार उधौली पर्व र यःमरि पुन्हि (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने नदिइएको उनले बताए ।

किराँत समुदायको उधौली पर्व र नेवार समुदायको यःमरि पुन्हि (ज्यापु दिवस) को दिन याे पर्व मान्नेहरुलाई मात्रै विदा हुने छ ।

संवेदनशील विषयमा अन्यौलता कायम हुने अवस्थामा समयमा नै सुचित गर्न नसक्दा गृह मन्त्रालयको आलोचना भएको छ ।

कमेन्ट गर्नुहोस्