अनुमति नलिई भारतीय दूतावास छिर्ने सशस्त्रका डिआइजी श्रेष्ठ कारबाहीमा

काठमाडौंः कूटनीतिक आचारसंहिताविपरित गोप्य रुपमा भारतीय दूताबास गएका डिआइजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको छ।

अनुमति नलिई ६ मंसिरमा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित दूताबास पुगेका थिए।

उनी दूतबास गएको समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बलले स्पष्टीकरण सोधेको थियो।

डिआइजी श्रेष्ठले तालिम सम्बन्धी विषयमा छलफल गर्न दूताबास गएको बताएका थिए। तर उनले अनुमति लिएका थिएनन्।

पदीय अनुशासनविपरितको काम गरेको भन्दै उनलाई सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरुप सचेत गराएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कमेन्ट गर्नुहोस्