बालबालिकामाथि यौन शोषण गर्ने अमेरिकी नागरिक मुडी पक्राउ

काठमाडौंः ७ बालबालिकामाथि यौन शोषण गर्ने अमेरिकी नागरिक जासन लियोड मुडी पक्राउ, उनी विश्वभाषा क्याम्पसका विद्यार्थी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सूचना थियो– अमेरिकी नागरिक जासन लियोड मुडी केही बालक लिएर होटेलमा जान्छन्, उनी बाल यौनदुराचारी हुन सक्छन् । यही सूचनाका आधारमा सिआइबी टोली आइतबार साँझ एयरपोर्टस्थित मेमोरियल गेस्टहाउसको १०४ नम्बर कोठामा पुग्यो ।

प्रहरी पुग्दा जासन आपत्तिजनक अवस्थामा भेटिए । तर, उनको कोठामा बालक होइन, तीन बालिका थिए । आर्थिक अवस्था कमजोर भएका तीन बालिकालाई पैसाको लोभमा उनले होटेलमा लगेर अर्धनग्न बनाई दुराचार गरेको खुल्यो । एक बालिकालाई बलात्कार गरेर र अन्य दुईलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । यसअघि चार बालकमाथि पनि यौनदुराचार गरेका थिए ।

याे पनि पढ्नुस  बालबालिकाको कान पाक्नुको कारण के हो ? जानिराखौँ

खासगरी सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीका बालबालिकालाई खेलकुद सामग्री, खानेकुरा र पैसा दिएर उनले नजिक्याएका थिए । बालबालिका नजिकिएपछि होटेलमा लैजाने गरेको प्रहरीले जनाएको छ । सातै बालबालिकाले जासनविरुद्ध जाहेरी दिएको सिआइबीका एसपी बेलबहादुर पाण्डेले बताए । उनीबाट अरू पनि पीडित हुन सक्ने प्रहरी आशंका छ । उनीविरुद्ध तीन बलात्कार तथा चार बाल यौनदुराचारसम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बुवासँग खेल्ने बालबालिकाको दिमाग हुन्छ तेज

४० वर्षीय जासन सन् २०१४ देखि नै नेपाल आउने गरेका थिए । २०१६ मा नेपाल आउँदा चार महिना बसेका थिए । त्यस्तै, २०१७ मा पनि चार महिना बसेका थिए । पछिल्लोपटक अगस्टमा आएका उनी विश्वभाषा कलेजमा पनि पढ्ने गरेको खुलेको छ । विद्यार्थीको आवरणमा बसेर उनले बाल यौनदुराचारसम्बन्धी अपराध गर्दै आएको एसपी पाण्डेले बताए । जासनसँग पर्यटक र विद्यार्थी दुवै भिसा रहेको पाण्डे बताउँछन् । नेपालको कानुनअनुसार एकसाथ यसरी दुई भिसा लिन मिल्दैन ।

याे पनि पढ्नुस  कोभिडमा पनि बालबालिकाको शिक्षामा ध्यान दिऔंः राष्ट्रपति भण्डारी

अमेरिका, भारतलगायत देशमा पनि उनीविरुद्ध मुद्दा चलिसकेको प्रहरीले जनाएको छ । अमेरिकामा उनले घरेलु हिंसासम्बन्धी मुद्दा खेपेका थिए । भारतमा यौनदुराचार मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्