किन लाग्दैन काठमाडौंमा घाम ?

काठमाडौंः आज देशभर मौसममा बदली भई केही स्थानमा भारी हिमपात र वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

बिहीबार नेपालको उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र मध्य–पश्चिम भूभागको एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  सावधान ! आज यी स्थानमा हुँदैछ भारी वर्षा (सूचीसहित)

नेपालको पश्चिम भूभागबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले देशभर तीन दिनसम्म मौसममा बदली आइरहने मौसम विभागले जनाएको छ । मौसमविद् पौडेलका अनुसार आज राजधानी काठमाडौँ घाम नलाग्नुको कारण यसै प्रणालीको प्रभाव हो ।

साथै देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने महाशाखाको अनुमान रहेको छ । देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको मौषम विद्हरुको भनाई छ ।

याे पनि पढ्नुस  आगामी मनसुनः कहाँ कति वर्षा हुन्छ ?

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ – ‘उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ ।’

कमेन्ट गर्नुहोस्