जन्मदिन मनाउँदै चर्चित अभिनेता रजनीकान्त

एजेन्सीः तामिल तथा हिन्दी फिल्मका चर्चित अभिनेता रजनीकान्तको आज जन्मदिन मनाउँदैछन् । उनी आफ्नो ६९ औं जन्म दिन मनाइरहेका हुन् ।

सन् १९५० डिसेम्बर १२ मा बेंगलुरुमा जन्मिएका उनी तामिल फिल्मका महान तारा पनि हुन् । हालसम्म धेरै तामिल र हिन्दी फिल्म खेलेका उनी निकै सफल अभिनेतामा गनिन्छन् ।

उमेरले पाको भएपनि अभिनेता रजनिकान्तका अझै लाखौं फ्यान छन् । उनले फिल्ममा गर्ने अभिनयले हरेकको मन तानेको हुन्छ । उनको फिल्म हेर्न दर्शकको ओइरो लाग्ने गर्छ ।

कमेन्ट गर्नुहोस्