सेयर बजार ११.७६ अंकको सुधार

काठमाडौंः गत सातादेखि सुधारको क्रममा रहेको पूँजी बजार मापक नेप्से यो साताको अन्तिम कारोबार दिन बिहीबार पनि ११.७६ अंकले बढेको छ ।

आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ३ सय ३२।०४ अंकले बढेको छ । साथै, जीवन बिमा कम्पनी समूहको सूचक पनि २ सय ७८.६९ अंकले उकालो लाग्न पुग्यो ।

नेप्से बढेर ११७२.६४ अंकमा पुगेको छ । उक्त दिन कुल १२ समूहमध्ये ७ समूहको सूचक बढेको छ भने ५ समूहको सूचक घटेको छ । टेड्रिङ समूह, उत्पादन तथा प्रशोधन समूह, माइक्रोफाइनान्स समूह, होटल समूह र अन्य समूहको सूचक ओरालो लाग्न पुग्यो ।

उक्त दिन अघिल्लो दिन भन्दा बढी रकमको सेयर कारोबार भएको छ । आज ७६ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन स्वलम्बन लघुवित्त संस्था संस्थापक सेयर सबैभन्दा बढी ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो बढी रकमको कारोबार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर भएको छ । उक्त संस्थाको ४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेस्रो बढी कारोबार हुनेमा एनएमबी बैंकको सेयर रहेको छ। उक्त बैंकको ३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कमेन्ट गर्नुहोस्