साधारण तारेखमा रिहा भए चलचित्र निर्माता छवि ओझा

काठमाडौंः बहुविवाह गरेको आरोपमा मुद्दा चलाइएका चलचित्र निर्माता छविराज ओझा साधारण तारेखमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायधीश मुकेश उपाध्यायको एकल इजालसलले ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका ओझा मंगलबार जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए ।

सम्बन्ध बिच्छेद नै नगरी छविले ओझाले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै हेमाले दुबै विरुद्ध गएको साउन ६ गते प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन् । यसअघि शिल्पालाई पनि अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

कमेन्ट गर्नुहोस्