७ किलो चरेससहित ४ जना पक्राउ

धनगढी: कैलालीको गोदावरी नगरपालिका, २ बाट सात किलो चरेससहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दार्चुलाको मार्मा गाउँपालिका–१ घरभई हाल गोदावरी नगरपालिका–२ बस्ने ३२ वर्षका जसमल सिंह ठगुन्ना, मार्मा–१ का २७ वर्षीय जीवन सिंह ठगुन्ना, सोही ठाउँका २५ वर्षका उकिल सिंह ठगुन्ना, र अपीहिमाल गाउँपालिका–४ का २४ वर्षीय हिक्मत सिंह धामी रहेका छन् ।

बिहीबार बिहान इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आर.आई.टी टोलीले कडायत टोलस्थित वसन्त राज भट्टको घरमा कोठा भाडामा बस्ने जसमल सिंह ठगुन्नाको कोठामा लुकाई राखेको अवस्थामा चरेससहित उनीहरूलाई पक्राउ गरेको हाे ।

कमेन्ट गर्नुहोस्