काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंः आज साँझ काठमाडौं लगायतका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार साँझ ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको सर्माथान केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भइसकेको छैन ।

कमेन्ट गर्नुहोस्