पीपीएलको उपाधि जित्नेले २७ लाख पाउने

काठमाडौंः मंसिर २८  देखि पुस १२ गतेसम्म पोखरामा हुन लागेकाे पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टीमले २७ लाख पुरस्कार पाउने भएको छ ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लिका अनुसार उपविजेता टिमले १० लाख पाउने छ ।

पीपीएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीनजना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्वी लामाले बताए ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टेलिभिजन र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ ।

जसमा एक वर्षका लागि निःशुल्क सुविसु केबलनेट प्रा.लिको इन्टरनेट र किलियर टेलिभिजन उपलब्ध गराउने छ ।

साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज प्रतियोगितामा भाग लिँदै छन् । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्