युरोपा लिग फुटबलः आर्सनल समूह विजेता

एजेन्सीः आर्सनल युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ ।

समूह एफको अन्तिम खेलमा स्टान्डर्ड लिजसंग २–२ गोलको बराबरी खेल्दै आर्सनल समूह विजेता बन्दै नकआउट प्रवेश गरेको हो ।

दोस्रो हाफमा २–० ले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै आर्सनलले खेल बराबरी गर्न सफल भयो ।

खेलमा अग्रता घरेलु टोली स्टान्डर्ड लिजले ४७ औं मिनेटमा स्यामुयल बास्टियनको गोलबाट लिएको थियो ।

६९ औ मिनेटमा सेलिम अमलाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए ।

एलेक्जेन्डर लाकाजेटले ७८ औ मिनेटमा आर्सनललाई खेलमा फर्काउने कोशिश गरे । ८१ औ मिनेटमा बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे ।

बराबरीसंगै आर्सनल समूह एफको शीर्ष स्थानमा रह्यो । उसले ११ अंक जोड्यो । फ्रान्कफर्ट ९ अंक सहित उपविजेता रह्यो ।

कमेन्ट गर्नुहोस्