सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ आज?

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार २ सय निर्धारण गरिएको सुन आज ४ सय रुपैयाँले घटेर ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजाबीको सुनको मूल्य पनि घटेको छ । बिहीबार ७० हजार ९ सय रुपैयाँ प्रतितोला पुगेको तेजावी सुनको भाऊ आज ७० हजार ५ सय निर्धारण गरिएको छ।

याे पनि पढ्नुस  साताको पहिलो दिनमै बढ्यो सुनको मूल्य

चाँदीको भाऊ भने आज स्थिर छ । बिहीबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्