पिकनिक जाँदै गरेको मदन भण्डारी कलेजको बस दुर्घटना, २२ जना घाइते

काठमाडौंः पिकनिक जाँदै गरेको मदन भण्डारी कलेजको बा ५ख ४२८६ नम्बरका बस दुर्घटना भएको छ ।

दुर्घटनामा २२ जना घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । सामान्य घाइते २० जनाको डाक्टर इवामोरा अस्पताल सल्लाघारी र गम्भीर घाइते दुई जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै बस सडकमै पल्टेको हो ।

कमेन्ट गर्नुहोस्