किसानको उत्पादन सरकारले किन्छ, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिकरणः मन्त्री भट्ट

काठमाडौंः उद्योगमन्त्री लेखराज भट्टले आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिकरण आवश्यक रहेको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री भट्टले औद्योगिकरण वर्तमान सरकारको मुख्य प्राथमिकतामा परेको बताए ।

‘औद्योगिक वातावरण कसरी बनाउन सकिन्छ । लगानी कसरी भित्रिन्छ । बाहिरको प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भनेर लागि रहेका छौं,’ उनले भने, ‘औद्योगिकरणको विकासका लागि लागेका छौं । औद्योगिक क्षेत्र केही घोषणा भइसकेका छन्, केही अध्ययनको चरणमा छन् । औद्योगिकरणलाई तीव्र गतिमा अगाडि बढाउँछौं ।’

उनले उत्तर र दक्षिणका नाका व्यवस्थित गर्ने र पहुँच विस्तार गरिने जानकारी दिए । संघीयता लागू भएसँगै देश समृद्धिको दिशामा अघि बढेको उनले बताए । ‘नीति र योजनालाई कार्यान्वयन गर्र्दै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउँछौं ।’

उनले किसानको उत्पादन सरकारले किन्ने बताए । त्यसका लागि एक कम्पनीले काम गरिरहेको उनले जानकारी दिए ।उनले भने, ‘नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी निर्माण गरेका छौं । उक्त कम्पनीने किसानका उत्पादन खरिद गरिरहेको छ । ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुयाउछौं ।

 

कमेन्ट गर्नुहोस्