७४ बर्षिय आमाको घाँटी अठ्याएर हत्या, किरिया गर्दै गर्दा छोरा पक्राउ

स्याङ्जा: चापाकोट नगरपालिका–७ बनकट्टामा आफ्नै छोराले बृद्ध आमाको घाँटी अठ्याएर हत्या गरेका छन् ।

७४ बर्षिय आमा बालकुमारी तिवारीको मृत्यु भई दाह संस्कार गरी काज किरिया चल्दै गर्दा, मृतकलाई छोरा ४७ बर्षिय नारायण तिवारीले हत्या गरेको खुलेको हो । आफ्नै घरको आगनमा घाटी अठ्याई कर्तब्य गरी मारेको खुल्न आई किटानी जाहेरी प्राप्त भएको पछि तिवारीलाई पक्राउ गरी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।

मंसिर १२ गते हत्या भएकोमा जाहेरीको आधारमा २४ गते पक्राउ गरी अनुसन्धान पश्चात सार्वजनिक गरेको र थप अनुसन्धान भइरहेको प्रहरी नीरिक्षक हेमराज घिमिरेले बताए ।

आमाले आफैंले लगाएको कपडा तथा घरको पिढीमै दिसापिसाव गरेको कारणले रिस थाम्न नसकी आवेसमा आई घाँटी आठ्याई मारेको प्रतिवादी तिवारीले स्वीकार गरेको घिमिरले बताए ।

कमेन्ट गर्नुहोस्