क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग

काठमाडौंः जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि आर्थिक सहयोग गरिएको छ ।

चावाहिल७ चुच्चेपाटी, काठमाडौंमा रहेको एभरट्रष्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले क्रिकेट रङ्गशाला निर्माणका लागि ५१ हजार सहयोग गरेको हो ।

को–अपरेटिभ लिमिटेडले १० औं बार्षिक साधारण सभाको अवसरमा ५१ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेको हो ।

याे पनि पढ्नुस  मलेसियामा कमाएको रकमबाट निर्माणाधिन रंगशालालाई सहयोग (सूचिसहित)

यस्तै, रङ्गशाला निर्माण अभियानका लागी भरतपुर महानगरपालिका–१० का अभिषेक घिमिरेले १० हजार ५ रुपैयाँ सहयोग रेका छ । घिमिरे चितवन क्रिकेट एकेडेमीका खेलाडी हुन् ।

पर्वतको पैयुँ–४ पर्वत घर भइ हाल बैदेशिक रोजगारीका लागी जापानको टोकियोमा रहेका दिपक न्यौपानेले ५ हजार रुपैंया सहयोग गरेका छन् ।

याे पनि पढ्नुस  भुवन केसी र अनमोल केसीद्वारा क्रिकेट रङ्गशालालाई सहयोग

कमेन्ट गर्नुहोस्