भीमदत्त नगरपालिकामा बाख्रा पैँचो कार्यक्रम

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १२ मा बाख्रा पैँचौ कार्यक्रम सुरु गरिएको छ । वडा कार्यालयले वासिन्दालाई स्वरोजगार बनाउन बाख्रा पैँचौ कार्यक्रम सुरु गरेको हो ।

भीमदत्त नगरपालिकाका नगर उपप्रमुख सुशिला चन्द सिहले बाख्रा हस्तान्तरण गरी बाख्रो पैँचो कार्यक्रम कार्यक्रम सुरुवात गरिन् । ‘यो कार्यक्रमबाट यो वडाका वासिन्दा बढी भन्दा बढी स्वरोजगार हुने आशा छ, यो कार्यक्रम अन्य वडामा पनि विस्तार गर्न प्रयत्न गर्छौ’ नगर उपप्रमुख चन्दले भनिन् ।

नगर उपप्रमुख चन्दले वासिन्दाको जीवन स्तरमा सुधार ल्याउने कार्यक्रम गर्न पर्नेमा जोड दिँदै नगरपालिकाले नगर सभाबाट स्वरोजगार बनाउने कार्यक्रम ल्याएको बताए ।

वडा नं. १२ का सबै तीन तीन बाखा्र वितरण गरी कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष कृष्ण सिह देउवाले बताए ।

‘वडाभित्रका सबै टोलका तीन तीन जनालाई एक एक बाख्रा दिन्छौ, ती बाख्राका पाठा फेरि अर्को परिवारलाई दिन्छौ, यसरी एक परिवारबाट अर्को परिवारलाई हुँदै सबै परिवारसम्म बाख्रा पुगाउँछौ’ वडा अध्यक्ष देउवाले भने । भीमदत्त नगरपालिका–१२ मा ६ टोल छन् ।

कमेन्ट गर्नुहोस्