नेपाल नीलो जापानको जेएफएलसँग ४–० ले पराजित

काठमाडौंः नेपाल नीलो मैत्रीपूर्ण फुटबल खेलमा जापानी फुटबल लिग (जेएफएल) को यू २२ संग ४–० ले पराजित भएको छ ।

मध्यान्तरसम्म एक गोल गरेको जापानी टोलीले मध्यान्तरपछि तीन गोल गरेको थियो । जादूमयी शैलीमा गोल गर्नेक्रममा मासाहिको सुगिताले दुई तथा सुनामाता र दोसिकी सासाकीले एक–एक गोल गरे ।

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल नीलो भोला सिलवाल कप्तानीमा रहेको थियो । उक्त खेलमा नेपाल निलोको तर्फबाट साग फुटबलमा स्वर्ण जितेको नेपाली टिमबाट छिरिङ गुरुङले मात्रै खेले ।

जापान फुटबल संघको सहयोगमा आएको सो टोलीले आउँदो आइतबार ‘ए’ डिभिजन लिगको साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबसित मैत्रीपूर्ण खेल खेल्नेछ ।

कमेन्ट गर्नुहोस्