नारायणी नदीमा नेपाली सेनाको जलउद्दार अभ्यास

चितवनः चितवनको नारायणी नदीमा नेपाली सेनाले जलउद्धार अभ्यास तालिमको प्रदर्शनी गरेको छ ।

नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण रिसौली चितवनले श्री विपद् व्यवस्थापन निर्देशनालय अन्तर्गतका फौजहरुको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरेको हो ।

याे पनि पढ्नुस  नेपाललाई अमेरिका भन्दा चीनद्वारा बढी सैन्य सहयोग

सो अवसरमा नदीमा डुङ्गा पल्टेर डुबेकाहरुको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा मोटरबोट, जेटबोट र र्याफटिङ्ग बोट प्रयोग गरिएको थियो । ६ दिनसम्म भएको उक्त तालिमको समापन गरिएको हो ।

तालिममा श्री विपद् व्यस्थापन तालिम शिक्षालय श्री नम्बर १ विपद् व्यवस्थापन गण र श्री नम्बर २ विपद् व्यवस्थापन गणका ३५ सेनाहरुको सहगागिता रहेको श्री नम्बर २ विपद् व्यवस्थापन गणका गणपति राजेन्द्र पराजुलीले बताए ।

याे पनि पढ्नुस  तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद वस्तु फेला

उक्त प्रदर्शनमा प्रशिक्षार्थीहरुले फ्लिप ड्रिल अण्डर वाटर क्रसिङ्ग ओ बी एम र्याफटिङ्ग बोटद्वारा अभ्यास गरेका थिए । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई विपदमा प्रयोग गरिने विभिन्न आधुनिक उपकरणबारे जानकारी गराइएको थियो ।

सो अवसरमा विपदका बेला उद्धार गर्ने सम्बन्धमा पूर्व अभ्यास देखाउने, नदीमा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा प्रदर्शर्नी गरिएको र विपद् व्यवस्थापन गणसँग भएका उद्धार सामाग्रीको प्रदर्शनी समेत भएको थियो ।

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

कमेन्ट गर्नुहोस्