काठमाडौंका पहिलो मेयरको निधन

काठमाडौंः काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन भएको छ । ९२ वर्षको उमेरमा शुक्रबार विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा श्रेष्ठको निधन भएको हो ।

उनी विगत वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।

उनी २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनबाट २५ वर्षको उमेरमै मेयरमा निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्