भारतमा आन्दोलन चर्किएपछि जापानी प्रधानमन्त्रीद्वारा भ्रमण रद्द

एजेन्सीः जापानी प्रधानमन्त्री सिन्जो आबेले भारत भ्रमण रद्द गरेका छन् । भारतको आसाममा आन्दोलनका कारण प्रधानमन्त्री आबेले भारत भ्रमण रद्द गरेका हुन् ।

यही शुक्रबार आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता तय भएको थियो । भारतको आसाममा भने नागरिकता विधेयकको विरोधमा व्यापक प्रदर्शन हुँदैआएको छ । प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सरकारले भने कर्फ्यू लगाउँदै सेना परिचालन गरेको छ । भारतको नयाँ नागरिकता विधेयकले मुस्लिम बाहेक धार्मिक अल्पसंख्यक शरणार्थीलाई नागरिकता दिने उल्लेख गरेको छ ।

आसाममा प्रदर्शन चर्किएसँगै जापानी प्रधानमन्त्रीले भ्रमण रद्दबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले जानकारी गराएका हुन् । रविसले यसबारे ट्वीट गर्दै उनको भ्रमण स्थगित भएको जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्