मोटरसाइकल दुर्घटनामा नेकपाका वडा सहइन्चार्ज दाहालको मृत्यु

काठमाडौंः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकाका २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  प्रकाशको निधन भएको २ वर्ष, श्रद्धाञ्जली दिन नेता खुमलटारमा

मृतक दाहाल सुनकोसी गाउँपालिका वडा नम्बर ४ नेकपाका सहइन्चार्जसमेत रहेका बुझिएको छ ।

सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  मोटरसाइकलमा सवार तीनै जनाको दुर्घटनामा मृत्यु

कमेन्ट गर्नुहोस्