हिँड्दाहिँड्दै ढले महामन्त्री सिंह

काठमाडौंः नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै बुटवलको सडक पेटीमा ढलेका छन् ।

बुटवलस्थित मिलनचोकको आकाशे पुलनजिक सडकपेटीमै ढलेपछि सिंहलाई उपचारका लागि कालिकानगरस्थित चौराहा हस्पिटल प्रालि पुर्‍याइएको थियो ।

करिब दुई घण्टा उपचार गरेपछि सिंहलाई अस्पतालले घर पठाइदिएको छ । लडेर ठोक्किँदा निधार केही सुन्निएको, तर स्वास्थ्यअवस्था सामान्य रहेको चौराहा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।

बुटवलमा रहेको केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेपछि सिंह चौराहातर्फ पैदल हिँडेर जाँदै थिए । सोही क्रममा उनी लडेका हुन्। ८४ बर्षीय सिंह नेपालको वामपन्थी आन्दोलनका पुराना नेता हुन् ।

मोहनविक्रमकै कम्युनिष्ट पाठशालामा हुर्किएका धेरै नेताहरु अहिले राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् ।

कमेन्ट गर्नुहोस्