आफ्नै छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

बर्दियाः जिल्ला प्रहरी कार्यालय बर्दियाले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बर्दियाका ४० बर्षिय एक पुरुषले विगत केही महिनादेखि आफ्नै १८ बर्षिया छोरीलाइ यातना तथा धम्की दिई जबरजस्ती करणी गरि राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

याे पनि पढ्नुस  ९ वर्षीया छोरीलाईं करणी गर्ने बाबुलाई जन्मकैद

भारतको बेंङलोरमा लगि आफ्नै १८ बर्से छोरीलाई एक्लै डेरामा राखि एक महिनासम्म पटक–पटक यातना तथा धम्की दिएर जबरजस्ती करणी गर्दै आएको र मंगलवार नेपाल फर्कि नेपालगंज बजारको न्यू रोड स्थित एक होटेलमा राखी आज घर जान हुन्न अशुभ हुन्छ भोलि जाउला भनी यतै बस्न पर्छ भनी फकाई धम्क्याई पुनः जबरजस्ती करणी गरेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

याे पनि पढ्नुस  मध्यराती उपत्यका ब्यूरो इन्चार्ज माईला लामा पक्राऊ

पीडितले बर्दिया घरमा आएपछि प्रहरीलाई खबर गरे लगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंसिर २७ गते मधुवन नगरपालिका वडा नं. ६ नेपाल भारत सिमा नजिकबाट आरोपितलाई भारततर्फ जादै गरेको अवस्थामा पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको बास्तोलाले जानकारी दिए ।

याे पनि पढ्नुस  दुईहजार बढी कृषकले गरे बबई नहरको सफाई

कमेन्ट गर्नुहोस्