बिना निष्कर्ष सकियो देउवा–पौडेलबीचको छलफल

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको विवाद सुल्झाउन दुई शीर्ष नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलवीच भइरहेको छलफल केहिबेर अघि सकिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पार्टी सभापति देउवा र विमलेन्द्र निधि तथा पौडेल र हृदयराम थानीवीच भेटवार्ता भएको थियो ।

छलफलमा नेता पौडेलले महाधिवेशनको कार्यतालिका (क्यालेन्डर) ल्याउन माग गरेको र वार्ता समिती मार्फत विवादित विषय टुंगो लगाउने निर्णय भएको छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए ।

केहि दिनदेखि भइरहेको काँग्रेसभित्रको आन्तरिक विवाद २ शीर्ष नेतावीचको छलफलपछि समस्या समाधान हुन सक्ने अनुमान भइरहेका बेला आज भएको छलफल कुनै ठोस निर्णयमा नपुगि सहमतीका लागि सहमती गर्ने भन्ने मै सकिएको छ । यसले काँग्रेसभित्र देखिएको पुरानो समस्या जस्ताको तस्तै रहने हो कि भन्ने आशंका बढेर गएको छ ।

कमेन्ट गर्नुहोस्