कुरिनटारमा बलेरो दुर्घटना हुँदा ३ घाइते, १ जनाको अवस्था गम्भीर

कुरिनटारः कुरिनटारमा बलेरो दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । मुग्लिन तर्फबाट कुरिनघाट जादैँ गरेको ना ४ च ६९४० नम्बरको बोलेरो पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा अनियन्त्रित भई पल्टिदाँ तीन जना घाइते भएका हुन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ । उनिहरुलाई शसस्त्र प्रहरीले उद्धार गरि ट्रमा सेन्टर पुर्याएका थिए । गम्भिर घाइते दुई जनालाई भरतपुर र काठमाण्डौं पठाइएको छ ।

बलेरो कुरिनटारमा बिहान करिव १० बजेर १५ मिनेटमा सडकमा पल्टिएको थियो ।
घाइतेहरुको परिचय खुल्न सकेको छैन । उक्त बलेरो बिरामी बोकेर कुरिनघाट पोलिक्लिनिक तर्फ जादैँ गर्दा दुर्घटना भएको बुझिएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्