कोटेश्वर–कलंकी सडकमा रेलिङ निर्माण हुने

काठमाडौंः चक्रपथको कोटेश्वर–कलङ्की सडक खण्डमा पैदल यात्रुले आकाशे पुलको प्रयोग नगरी पुलमुनिबाट नै बाटो काट्ने क्रम बढेपछि पुलको दायाँ बायाँ रेलिङ निर्माण हुने भएको छ । पैदल यात्रु आकाशे पुलको प्रयोग नगरी पुल मुनिबाट नै बाटो काट्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटना हुने गरेको छ ।

काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कोटेश्वर–कलङ्की सडकखण्डमा पैदल यात्रुहरूलाई आकाशे पुल भएर बाटो काट्न प्रोत्साहित गर्न आकाशे पुलको सडकको दुवै किनारामा आकाशे पुल भएको ठाउँमा रेलिङ निर्माण गरिने तयारी भइरहेको जानकारी दिए ।

याे पनि पढ्नुस  अझै बनेनन् कोटेश्वर–कलङ्की सडकका तीन पुल

आयोजना प्रमुख रिमालले भने, ‘चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा अधिकांश पैदल यात्रु आकाशे पुलको प्रयोग नगरी पुलमुनिबाटै वा अन्य ठाउँबाट बाटो काट्ने गर्छन्, त्यसैले पैदल यात्रुलाई आकाशे पुलको प्रयोगका लागि पुलको दायाँबायाँ दुई दुई सय मिटर रेलिङ निर्माण गर्न लागिएको हो ।’

याे पनि पढ्नुस  अझै बनेनन् कोटेश्वर–कलङ्की सडकका तीन पुल

सडकको दुवै किनारमा आकाशे पुल भएको ठाउँमा रेलिङ निर्माण गरिने उनले बताए । आकाशे पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न आवश्यक तयारी भइरहेको बताउँदै उनले अबको दुई महिनाभित्र बोलपत्र आह्वान गरी ठेक्का सम्झौताको काम सम्पन्न हुने जानकारी दिए ।

ठेक्का सम्झौता भएको एक महिनाभित्र निर्माण कार्य सम्पन्न हुने जानकारीसमेत उनले दिए । कुल दुई करोड रुपैयाँको लागतमा सो रेलिङ निर्माण हुन लागेको हो । गोरखापत्र दैनिकबाट

याे पनि पढ्नुस  अझै बनेनन् कोटेश्वर–कलङ्की सडकका तीन पुल

कमेन्ट गर्नुहोस्