धनुषामा विस्फोट गराएको आरोपमा ३ जना पक्राउ

जनकपुरधामः धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा बम विस्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नगरपालिकाका रामसुदिप साहलाई पक्राउ गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

शुक्रबार राति भएको विस्फोटमा परी प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्