आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

बर्दिया: आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ बर्दियामा एक पुरुष पक्राउ परेका छन् ।

विगत केही महिनादेखि आफ्नै १८ वर्षीया छोरीलाई यातना दिएर जबरजस्ती करणी गर्दै आएको आरोपमा ४० वर्षीय एक पुरुष (पीडित युवतीकी बुबा)लाई मधुवन नगरपालिका–६ नेपाल–भारत सीमा नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

याे पनि पढ्नुस  बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

भारतको ब्याङ्लोरबाट नेपाल फर्केर नेपालगञ्ज बजारको न्यूरोडस्थित एक होटलमा राखेर डर–धम्की देखाउँदै पुनः जबरजस्ती करणी गरेपछि पीडित (छोरी)ले गत मंगलबार प्रहरीका उजुरी गरेकी थिइन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित युवती र पुरुष (पीडित युवतीका बुबा)परिचय गोप्य राखेको छ ।

याे पनि पढ्नुस  किशोरीमाथि सामूहिक बलात्कार, न्यायको सट्टा उल्टै गाउँ निकाला

कमेन्ट गर्नुहोस्