ए डिभिजन लिगः मछिन्द्र क्लबको विजयी सुरुवात

काठमाडौंः स्टार खेलाडीले भरिएको मछिन्द्र क्लबले ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबारबाट शुरु भएको लिगमा मछिन्द्रले बिग्रेड ब्वाइज क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

१९ मिनेटमा रन्जित धिमालले झण्डै ३० यार्डबाट गरेको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो।

३०औं मिनेटमा विशाल राईको फ्रिकिक बारमा लागेर फर्केपछि रिबाउन्डमा आएको बलमा अनमार्क रहेका योगेश गुरुङले हेडर गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।

याे पनि पढ्नुस  ए डिभिजन लिगः सङ्कटा र बीबीसीले अंक बाँडे

५० औं मिनेटमा मछिन्द्रका दीपक राईले अग्रता दोब्बर पारे। उनले बिग्रेडका तीन जना रक्षकलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए।

७०औं मिनेटमा रन्जित धिमालको पासमा अभिषेक रिजालको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो।

७६औं मिनेटमा मछिन्द्रले पाएको सुन्दर मौका कप्तान अनिल गुरुङले खेर फाले। अनिलले पेनाल्टी बक्स नजिकै गोलकिपर अघि बढेको अवस्थामा पाएको बललाई सम्हालिन नसक्दा पोस्ट बाहिर फालेका थिए।

याे पनि पढ्नुस  ए डिभिजन लिगः हिमालयन शेर्पामाथि संकटाको जित

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ ।

लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन्। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ।

याे पनि पढ्नुस  ए डिभिजन लिगः मनाङ लिगको तेस्रो स्थानमा

कमेन्ट गर्नुहोस्