गौरी शंकर डेन्टलद्वारा निःशुल्क दन्त शिविर, २ सय बढीले लिए सेवा

कैलालीः गौरी शंकर डेन्टल प्रा.लि धनगढीले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।  प्रा.लिले कैलालीको कैलारी गाउँपालिका हसुलियास्थित दिपेन्द्र मा.बिमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको हो ।

शिविरमा कैलारी गाउँपालिकाका विभिन्न स्थानबाट आएका २ सय १० जनाले सेवा लिएका गौरी शंकर डेन्टल प्रा.लिका प्रबन्धक निर्देशक रतन एसकेले जानकारी दिए । उनका अनुसार उपचारका लागि शिविरमा आएका ५२ जनाको दाँत निकालिनुका साथै आवश्यक पर्ने सम्पूर्ण औषधि निःशुल्क प्रदान गरिएको छ ।

शिविरमा दन्त चिकित्सक डा. सुवन कार्की, विकास खड्का, जनरल फिजिसियन डा. आशिका सिंह, डा. आदित्य सिंह, सिनियर अहेब कुम्बराज शर्मा र कृष्णबहादुर सिंहले सेवा दिएका थिए । शिविर कैलारी गाउँपलिकाको सहकार्यमा राखिएको हो ।

घर आँगनमै अनुभवी चिकित्सकद्वारा सेवा लिन पाउँदा शिविरमा पुगेका स्थानीय निकै खुसी देखिन्थे ।

डेन्टलका प्रबन्धक निर्देशक एसकेले आगामी दिनमा पनि यस्तै प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिँदै लैजाने बताए ।

कमेन्ट गर्नुहोस्