यी हुन् मदन भण्डारीका उत्कृष्ट भनाई

–सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ ।

–पूर्वाग्रह र प्रतिशाेध प्रजातान्त्रिक गुण होइन ।

–सिद्धान्तलाई व्यवशारमा लागू गरिँदैन, वचन अनुसार काम गरिँदैन र तिनीहरूलाई कार्यरुपमा प्रदान गरिँदैन भने तिनीहरूको दुई पैसाकाे मोल हुँदैन ।

–आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन, कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निम्ति आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्छ ।

–अनुशासन बिनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रता विनाको अनुशासन निरंकुशता हुन्छ ।

–क्रान्ति यथास्थितिको मात्रात्मक विकल्प होइन, त्याे गुणत्मक विकल्प हो ।

–बहुदयिल प्रणाली समाजको राजनितिक जीवनको एउटा लोकप्रिय पद्धति तथा सरकार संगठित गर्ने एउटा बहुप्रचलित तरिका हो । यो पुँजीवादीपंथीहरुको मात्र नीजि सम्पत्ति कुनै हिसावले होईन ।

–राज्यसम्बन्धी माक्र्सवादको शिक्षा राज्य वर्गिय शमसनको उपकरण हो । उउटा वर्गले अर्काे वर्गलाई अधिनमा राख्ने शासन हो ।

–दक्षिणपंथी र उग्रपंथीको दुवै चिन्तनको खण्डन नगरी माक्र्सवाद–लेनिनवाद कार्यनीनितको महत्वलाई बुझ्न, प्रयोग गर्न र रक्षा गर्न सकिँदैन ।

–गुणको मूल्य तिरेर संख्या विस्तार गर्ने शैलीलाई हतोत्साहित अन्त्य गर्नु पर्दछ ।

–बहुदलिय प्रणली अन्तर्गत श्रमजीवी जनताको सेवा हुनै सक्दैन भन्ने कुनै मान्यता छैन, बरु एकदलिय एकधिकारवादले सर्वहारा वर्गको दिर्घकालिन हित गर्न नसकेको अनुभव प्राप्त भइरहेछ ।

–क्रान्तिले पुरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृढ बनाउँछ ।

–वर्तमान युगको विकसति माक्र्सवाद औधोगिक सर्वहाराहरुको मात्र होइन, किसानहरुको समाजिक मुक्ति र राष्ट्रिय स्वाधिनाको मार्गदर्शक सिद्धान्त पनि हो ।

–समाजको चासो र व्यवशारको विषय नबनाइ समाजवाद आउन र कायम हन सक्दैन ।

कमेन्ट गर्नुहोस्