अशोक राईले भने, ‘क्रान्ति अझै अधुरो छ’

दमकः समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपाली समाजमा क्रान्तिको कार्यभार अझै पूरा नभएको बताएका छन् ।

इलामको चुलाचुली गाउँपालिकामा शनिबार भएको पार्टी एकता घोषणा सभालाई संवोधन गर्दै उनले आदिवासी, बिपन्न, महिला, दलित, उत्पीडितले अझै परिवर्तनको महसुस नगरेकाले उनीहरूसम्म परिवर्तनको महसुस पुर्‍याउन अबको क्रान्ति केन्द्रित हुने पनि बताए ।

अधुरो क्रान्ति पूरा गर्नका लागि समाजवादी पार्टीको जन्म भएको भन्दै उनले यो पार्टी लहर र लहडले नबनाएको पनि तर्क गरे ।

‘नयाँ पार्टी बनाई हेरौन भए हुन्छ, नभए ठिकै छ भनेर बनाईएको पनि होइन’ उनले भने, ‘यो पार्टी बनाउँदै गर्दा नेता हुने रहर कसैलाई थिएन, पहिले पनि हामी नेतानै थियौं तर त्यहाँबाट परिवर्तन सम्भव नदेखे पछि समाजवादी पार्टी बनाइएको हो ।’

समाजवादी पार्टी समुन्नत संघीय समाजवादलाई मार्ग दर्शन मानेर पार्टी स्थापना भएको भन्दै उनले पहिचान सहितको संघीयता, सुशासन र सदाचार सहितको शासन व्यवस्था, गरिवी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायपूर्ण समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको पनि बताए ।

कमेन्ट गर्नुहोस्