सीमा विवाद छिटो सुल्झाउन ‘नेपाली अमेरिकी मैत्री संघ’को आग्रह

काठमाडौंः नेपाली अमेरिकीमैत्री संघ (म्याडिसन विस्कन्सिन) ले नेपाल–भारत सीमा विवाद छिटो सल्टाउन आग्रह गरेको छ । भारतले जारी गरेको भारतीय राष्ट्रिय नक्सामा नेपालको भू–भाग कालापानी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेकोप्रति आपत्ती जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले सीमा विवाद सुल्झाउन अनुरोध गरेको हो । ‘यस सम्बन्धमा नेपाल सरकार, देश भित्र तथा देश बाहिर संसारभरी छरिएर रहेका विभिन्न संघसंस्थाहरू तथा नेपाली जनमनहरूबाट भइरहेको विरोधको आवाजमा नेपाली अमेरिकी मैत्री संघ पनि आवाज थप्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  स्थानीय तहमा सीमा बिवाद, घोडाघोडी नगरपालिकाको बोर्ड गौरीगंगाले हटायो

संघले असल छिमेकीको पहिचान दिँदै हालको सीमा सम्बन्धी विवादहरू शान्तिपूर्ण तरिकाले सकभर चाँडो सुल्झाउन भारतलाई पनि अनुरोध गरेको छ ।

साथै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा नेपाल सरकार तथा संघसंस्थाहरू एवम् नेपाली जनताहरूले चालेको कदमप्रति हामी ऐक्यवद्धता जनाएको छ । विज्ञप्तिमा अघि भनिएको छ, ‘भारतसँगको यो सीमा विवाद न्यायपूर्ण तरिकाले तत्काल अन्त्य होस भन्ने चाहन्छौं ।’

याे पनि पढ्नुस  सीमा विवादका बारेमा परिणाममुखी पहल गर्न सरकार समर्थ हुने विश्वास छः नेपाली कांग्रेस

कमेन्ट गर्नुहोस्