नेकपा सचिवालय र स्थायी समिति बैठक भोलि, कस्ता छन् छलफलका विषय?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबारलाई बोलाइको सचिवालयको बैठक स्थगित भएको छ ।

शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालय बैठक आइतबार विहान ९ बजेलाई सारिएको छ ।

नेताहरुको कार्यव्यस्तताका कारण शनिबार बोलाइएको सचिवालयको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची लगायत विषयमा छलफल गर्ने छ ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक आइतबार बस्दै

यसअघि शुक्रबारलाई बोलाएको बैठक शनिबारलाई सारिएको थियो । आइतबार सचिवालयको बैठक सकिएपछि ११ बजे नेकपा स्थायी समिति बैठक पनि बस्ने छ ।

कमेन्ट गर्नुहोस्