सरस्वतीलाई भलिबल लिग खेल्ने मौका, आज माल्दिभ्स प्रस्थान

काठमाडौंः नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य सरस्वती चौधरीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने मौका पाएकी छन् ।

नेपाली महिला भलिबल टिमकी अर्की महत्वपूर्ण सदस्य प्रतिभा मालीसँगै सरस्वतीले पनि भलिबल लिग खेल्ने मौका पाएकी हुन् ।

उनी माल्दिभ्सको महिला भलिबल लिग खेल्न आज साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् । यसअघि प्रतिभा बिहीबारै माल्दिभ्स प्रस्थान गरिसकेकी छन् ।

सरस्वतीले माल्दिभ्सको लोरेन्जो क्लबबाट एक साता लिग खेल्ने छिन् । प्रतिभाले पुलिस क्लबबाट प्रतियोगिता खेल्ने छिन् ।

कमेन्ट गर्नुहोस्