शौचालयको सेफ्टि ट्याङ्कीमा युवतीको शव भेटियो

धादिङः जिल्लाको सिद्धलेक गाउँपालिका–३ आम्कोटमा शौचालयको सेफ्टि ट्याङ्कीमा एक महिलाको शव भेटिएको छ ।

स्थानीय अर्जुन सुयल मगरको घरको सेफ्टि ट्याङकीमा अनिसा तामाङ नाम गरेकी २० वर्षीया युवती शव भेटिएको हो । उनको ठेगाना भने खुलेको छैन ।

प्रहरीका अनुसार करिव २० दिन पहिले नै हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको हो । युवतीको शव गल्न थालिसकेको अवस्था सेफ्टि ट्याङकीबाट निकालेर प्रहरीले पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धादिङवेशी ल्याएको छ।

याे पनि पढ्नुस  बसको छतमा भेटियो युवकको शव

महिलाको शव सेफ्टिट्याङकीमा फालिएको भन्ने विशेष सूचनाको आधारमा खोज तलास गर्दै जाँदा शव फेला परेको प्रहरीको भनाइ छ । युवतीको हत्या गरी घटना लुकाउन शव सेफ्टि ट्याङकीमा फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काका बताए ।

याे पनि पढ्नुस  धादिङमा बिजुली सर्ट हँदा गाउँ नै जल्यो, २ जनाको मृत्यु

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ समेत गरेको छ । शव फेला परेको सेफ्टि ट्याङकी धनी अर्जुन बहादुर सुयल मगर, इन्द्रबहादुर थापा मगर र छवि थापा मगरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्जुन मगरले विहे गर्ने भन्दै ल्याएकी केटीको गत मंसिर १० गते हत्या गरी शव सेफ्टि ट्याङकीमा लुकाइएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्