वाटफोर्डमाथि लिभरपुलको शानदार जित

काठमाडौंः इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत वाट्फोर्डविरुद्ध लिभरपुल २–० कोल अन्तरले विजयी भएको छ ।

शनिबार भएको खेलमा लिभरपुललाई जित दिलाउन दुवै गोल मोहमद सलाहले गरे । खेलको ३८ औँ मिनेटमा पहिलो गोल गरेका सलाहले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।

जितसँगै लिभरपुलले लिगमा ११ अंकको अग्रता कायम गरेको छ । लिभरपुलले १७ खेलबाट ४९ अंक जोडेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३८ अंक रहेको छ । सिटीले एक खेल कम खेलेको छ ।
पराजित वाट्फोर्ड ९ अंक जोडेर पुछारमा रहेको छ ।

कमेन्ट गर्नुहोस्