आज पनि केही ठाउँमा पानी पर्ने र हिमपात हुने सम्भावना

काठमाण्डौंः आइतबार पनि देशका विभिन्न ठाउँको मौसम बदली भइ मध्य, पूर्वी र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातकोसमेत सम्भावना रहेको मौसमविद् गंगा मञ्जु बासीले बताइन् ।

उनले हिजो अस्तीको जस्तो लगातार पानी पर्ने वा भारी हिमपातको सम्भावना भने नभएको बताइन् ।

यो प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बदली भइ पानी पर्ने सम्भावना रहेकाले देशभरि नै चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

विशेषगरी तातो र झोलिलो पदार्थ खान तथा चिसोबाट बच्न बाक्ला र न्यानो लुगा लगाउन मौसमविद्ले सचेत गराएका छन् ।

कमेन्ट गर्नुहोस्