४ महिनामा चुइगम चपाएरै नेपालीले सके साढे १८ करोड!

काठमाडौंः देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका ४ महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ ।

यसको मूल्य १८ करोड ४८ लाग ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्