पीपीएलः काठमाडौंविरुद्ध कुसल भुर्तेलको शानदार अर्धशतक

काठमाडौंः दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० प्रतियोगिता अन्तर्गत काठमाडौं गोल्डेन्सविरुद्ध पोखरा पल्टनका ओपनर कुसल भुर्तेलले शानदार अर्धतक बनाएका छन् । उनले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् ।

यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो ।

उसका लागि सुबोध भाटीले २९ बलमा समान ४ छक्का र चौकाको मद्दतमा सर्बाधिक ४५ रन बनाए । सुशन बाहेक अन्य नेपाली ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि सुवास खकुरेल, पवन सराफले ६–६, कप्तान ज्ञानेन्द्र मल्लले १, पृथु बाँस्कोटाले ७, बसन्त रेग्मीले ८ रनको योगदान मात्र दिन सके । बलिङमा पोखराका कुसल मल्लले २–२, प्रथमेश डाके र सर्बाजित लाडले एक–एक विकेट लिए ।

पोखराले आजको खेलमा युवा तीब्र गतिका बलर आकश चन्द, अनुभवी तीब्र गतिका बलर महबुब आलम, ओपनर इशान पाण्डे, अनिल गुरुङ र अलराउन्डर कृष्ण कार्कीलाई बेन्चमा राखेको छ ।

काठमाडौंले आदिल खान, अमर सिंह राउटेला, ओपनर अमित श्रेष्ठ र स्पिनर सुर्य तामाङलाई बाहिर राखेको छ ।

काठमाडौंको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा, सुसन भारी, बसन्त रेग्मी, पवन सरार्फ, नन्दन यादव, सुवास खकुरेल, अमृत भट्टाई, सुबोध भाटी, गौरव तोमर र जयकिशन कोल्सावाला (विकेटकीपर)

पोखराको प्लेइङ ११ः

शरद भेषावकर (कप्तान), विनोद भण्डारी (विकेटकीपर) राशिद खान, रोहित कुमार पौडेल, ललित नारायणराजवंशी, मोहम्मद आशिफ शेख, कुशल मल्ल, प्रथमेश डाके, रवि इन्दर सिंह, सर्बाजित लाड, कुशल भुर्तेल

कमेन्ट गर्नुहोस्