टेम्पो र लोपेट टेलर ठोकिँदा २ जनाको घटनास्थलमै मृत्यु

धनकुटाः आइतबार धनकुटाको छथरजोरपाटी गाउपालिका–२ फलैचामा टेम्पो र लोपेटटेलर ठोकिँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा छथरगाँउपालिका–१ तेह्रथुमका वर्ष ५० का साङगो शेर्पा र धनकुटा नगरपालिका–२ का टेम्पो चालक बर्ष २५ का दशरथ तामाङ रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा लालीगुराँस नगरपालिका तेह्रथुम–५ का प्रदिब बस्नेत र छथरजोरपाटी गाउपालिका–५ धनकुटाका रविन घिमिरे रहेका छन् ।

घाइते दुई जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । धनकुटाको हिलेबाट जोरपाटी बजारतर्फ जादैँ गरेको को २ ह ६६ ११ को टेम्पु र जेसिवी डोजर बोक्ने लोपेट टेलर धरानबाट बसन्तपुर जाँदै गरेको को १ ख ६९ १२ नं को एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हिले प्रहरी चौकी इन्चार्ज कुमार ढकालले बताए ।

कमेन्ट गर्नुहोस्