स्थायी समितिमा प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन, सोमबारदेखि छलफल

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको स्थायी समिति सदस्य चक्रपाणि खनाल बलदेवले जानकारी दिए । खनालका अनुसार प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु हुनेछ ।

प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेपछि बैठक आइतबारका लागि स्थगित भएको छ । बैठक सोमबार बिहान ८ बजेदेखि सुरु हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषय समेटिएका छन् ।

कमेन्ट गर्नुहोस्