पीपीएलः कुसल चम्किँदा काठमाडौंमाथि पोखराको फराकिलो जित

काठमाडौंः दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० प्रतियोगिता अन्तर्गत काठमाडौं गोल्डेन्सविरुद्ध पोखरा पल्टन ९ विकेटले विजयी भएको छ ।

काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा पूरा गर्‍यो । उसका लागि कुसल भुर्तेलले नटआउट ४३ बलमा ६८ रन बनाए ।

यस्तै रविइन्द्रर सिंहले ३२ बलमा अविजित ३८ रनको योगदान दिए । आसिफ शेख १४ रनमा आउट भएका थिए । बलिङमा काठमाडौंका सुशन भारीले एक विकेट लिए ।

यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो ।

उसका लागि सुबोध भाटीले २९ बलमा समान ४ छक्का र चौकाको मद्दतमा सर्बाधिक ४५ रन बनाए । सुशन बाहेक अन्य नेपाली ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि सुवास खकुरेल, पवन सराफले ६–६, कप्तान ज्ञानेन्द्र मल्लले १, पृथु बाँस्कोटाले ७, बसन्त रेग्मीले ८ रनको योगदान मात्र दिन सके । बलिङमा पोखराका कुसल मल्लले २–२, प्रथमेश डाके र सर्बाजित लाडले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्