सिन्धुपाल्चोक दुर्घटनाका मृत्यु भएका ७ जनाको सनाखत (नामावलीसहित)

काठमाडौंः दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदैं गरेको रिर्जभ बस दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सात जनाको सनाखत भएको छ ।

दुर्घटनामा १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडिचौरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालाय बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । तिर्थयात्रु बोकेको बस दुर्घटनामा मृत्यु हुनेमध्ये सात जनाको सनाखत भएको प्रहरी नीरिक्षक न्यौपानेले बताए ।

प्रहरीका अनुसार खनाखत हुनेहरुमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–७ की ३७ बर्षिया सविना तामाङ, २८ बर्षिया शुकबहादुर तामाङ,२७ बर्षिया मञ्जु तामाङ र दोलखा भिमेश्वर नगरपालिकाका ३६ बर्षिया जुनुमाइ तामाङ रहेका छन् । त्यस्ते रामेछापको उमाकुण्ड गाउँपालिका–५ का २९ बर्षिया महेश तामाङ र लक्ष्मी श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा परेर काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाँउपालिका–५ का ४५ बर्षिया रामशरण खत्रीको समेत खनाखत भएको छ ।

सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्डअन्र्तगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तिर्थयात्रु बोकेको बस दुर्घटनामा परेको थियो ।

भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ बस सडकबाट सिधै १ सय ५० मिटर तल खसेर थियो ।

कमेन्ट गर्नुहोस्