फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिलाः फिलिपिन्समा ६ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओ टापुमा आज भूकम्प गएको हो । गत अक्टोबरमा पनि सोही क्षेत्रमा भूकम्पको धक्का महसुश भएको थियो ।

अमेरिकी भूगर्भविद्हरुका अनुसार फिलिपिन्सको दक्षिणी दभाओ सहरलाई इपिसेन्टर बनाएर भूकम्प गएको हो ।

भूकम्पका कारण केही भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति भएको खबर सार्वजनिक भएको छैन ।

कमेन्ट गर्नुहोस्